असोज ९, काठमाडौँ : बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर छ।
आज छापावाल सुन प्रतितोला ५८ हजार ९८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजाबी सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला ६ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ६ सय १७ रुपैयाँमा पुगेको छ।