परराष्ट्रमन्त्री ज्ञवाली र बुल्गेरियाका विदेशमन्त्रीबीच भेटवार्ता

मनिषा थापा

न्यूयोर्क, १० असोज (रासस)  :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभासँग भेटवार्ता गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुग्नुभएको हो । उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो ।

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीसमेत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया