काठमाडौँ: सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले समाजसेवी बिनयजंग बस्नेतले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बा-आमा घर’ को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साझ हुने भएको छ। वडादशैंको अवसरमा सुभकामना आदानप्रदान तथा विशिष्ट व्यक्तिको सम्मान सहितको बृहत कार्यक्रम यहि असोज २२ गते साझा ५ बजे ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुडल्याण्डमा हुन लागेको हो। समाजसेवी बस्नेतले बेवारिसे लाश तथा बेसहारा बेवारिसेहरुको आफ्नै पहलमा सद्गत तथा व्यवस्थापन गर्दै आएका छन।
कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेल, नायिका रेखा थापा, गायक इश्वर अमात्य, बुद्धिकृष्ण लामिछाने जस्ता बिश्ष्ट कलाकारहरुको उपस्थिति संगै विभिन्न रोचक प्रस्तुति समेत हुनेछ। चर्चित उद्घोषक नरेश भट्टराईले संचालन गर्ने कार्यक्रमा बाआमा घरको निर्माणार्थ सहयोगको अपील समेत गरिनेछ । केहि समयअघि मात्रै ‘बा-आमा घर’को शिलान्यास माननीय महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गर्नुभएको थियो।
‘एक सोचले मानिसको जीवन परिवर्तन हुन्छ अब यी बेवारिसेहरुको हामि हुनुपर्छ’ भन्ने मूल नाराका साथमा बस्नेतको अध्यक्षतामा एक्सन फर सोसल चेन्ज संस्थाले बिगत ३ बर्ष देखि काम गर्दै आइरहेको छ। समाजमा बेवारिसेहरुलाई तल्लो स्तरमा तिरस्कार गरेको अवस्थामा टिकाथलीका समाजसेवी बिनयजंग बस्नेत भने अस्पतालमा रहेका बेवारिसे सबहरूलाई घाटमा लागि आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गर्ने गर्दछन्। उनले अहिलेसम्म ११५ बेवारिसे शबलाई आफ्नै हातले दाहसंस्कार गरिसकेका छन ।
सभ्य र आधुनिक समाजका प्रतिनिधि ठान्ने हाम्रो समाजमा मानवीय संवेदना फितलो बन्दै गैरहेको अवस्थामा बस्नेतले देखाएको मानबता पक्कै पनि उदाहरणीय छ । यस्ता बेवारिसे लास र वृद्धाश्रमहरुमा बढ्दै गएका असहाय, निराश र जीवनबाट उपेक्षित वृद्ध–वृद्धाहरूको भीड कम गर्न विनय बस्नेत जस्तै अरू पात्रहरू पनि समाजमा सक्रिय हुनु जरुरी प्राय भैसकेको छ । समाजसेवाको नौलो आयाम अन्तर्गत बेवारिसे सबहरूको दाहसंस्कार गर्ने कार्यमा आम सर्वसाधारण लगायत सरकार पक्षबाट पनि साथ र सहयोगको खाँचो रहेको छ ताकी सानो-सानो सहयोगले पनि सयौ अनाथ र असहाय बेवारिसेहरुले उचित ब्यबस्थापन सहित पारिवारिक आश्रय पाउन सकुन ।