७० वर्षीय वृद्धा बलात्कार गर्ने दोषी चाँडै पक्राउ हुने

रिता घिसिंग

सप्तरी, १८ असोज : सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ । सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार हुनुभएको थियो । खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिनुभएको थियो ।

घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि घटनास्थल पुगेका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरार रहेका आरोपितको पहिचान भइसकेकाले छिट्टै गिरफ्तार हुने बताउनुभयो । रासस

प्रतिक्रिया