कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

मनिषा थापा

भक्तपुर, असोज २० : राष्ट्रिय परीक्षा वोर्डले कक्षा ११ को नतिजा प्रकाशित गर्दै छ । परीक्षा नियन्त्रण कार्यालयले शनिबार साझ नतिजा प्रकाशन गर्न लागेको हो । स्रोतका अनुसार अहिले नतिजा प्रकाशनको लागि बैठक बसिरहेको छ ।

कक्षा ११ को ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन हुनेछ । परीक्षा बैशाख ३० गतेदेखी जेठ ९ गतेसम्म संचालन भएको थियो । सरकारले कक्षा १२ सम्मलाइ माध्यामिक शिक्षा प्रणालीमा रुपान्तरण गरेको छ । सोही अनुसार राष्ट्रिय परीक्षा वोर्डले परीक्षा लिएको हो ।

बोर्डले यसअघि कक्षा १२ को नतिजा पनि निर्धारित समय अघि र विज्ञान र अन्य संकायको नतिजा एकैपटक सार्वजनिक गरेको थियो । त्यसअघि विज्ञानसंकाय र अन्य विषयको नतिजा फरक फरक समयमा सार्वजनिक हुने गरेका थिए ।

बोर्डका अनुसार यस पटक पनि नतिजा विषयगतरुपमा ग्रेडिङमा सार्वजनिक हुनेछ ।

प्रतिक्रिया