राप्ती नदीमा बेपत्ता युवकको शव फेला

admin

घोराही, २९ असोज : शनिबार राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमहीका वामदेव घिमिरेको शव आज अपराह्न फेला परेको छ ।

राप्तीमा नुहाउँदै गर्दा बेपत्ता भएका लमही नगरपालिका – ३ का गडवा गाउँपालिका –७ भोजपुर खोलामा पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको र अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया