लहान, ४ कात्तिक: लहान नगरपालिका वडा नं १५ मा सञ्चालित दोस्रो बानो गोल्ड कप फुटबल खेलमा पर्साेले रौतहटलाई शून्यका विरुद्ध १ गोल गरी रौतहटलाई पराजित गरेको छ । आयोजनामा प्रदेश नं २ को जिल्लास्तरीय फुटवल खेल सम्पन्न भयो ।
सांसद प्रदीप गिरी र पूर्व सिरहा जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक अग्रवालले विजेता पर्सालाई रु ८५ हजार, शिल्ड, कप र प्रमाणपत्र तथा उपविजेता रौतहटलाई रु ५० हजार र प्रमाणपत्र वितरण गरेको १५ नं वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिनुभयो ।
-रासस