काठमाडौं, ६ कार्तिक : अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिने सर्वोच्च अदालतको आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् । सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
१४ असार २०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही बर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न रोक लगाएको थियो । तर, अधिकांश अस्पतालले सार्वोच्चको आदेश कार्यान्वयन गरेका छैनन् ।