ट्र्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

admin

उर्लाबारी, ७ कात्तिक: मोरङको ग्रामथान गाउँपालिका–४ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

तेतरियाबाट मोतीपुरतर्फ जाँदै गरेको को २ त १५२८ नंको ट्र्याक्टरले आज अपराह्न सोही ठाउँकी ५५ वर्षीया हीरादेवी विश्वासलाई ठक्कर दिँदा नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
-रासस

प्रतिक्रिया