परासी, ७ कात्तिक: पूर्वसभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य ओनसरी घर्तीले पार्टी एकीकरण र देश निर्माणको जिम्मेवारी एकै पटक आइलाग्दा जनअपेक्षानुसारको परिणाम देखिन ढिलाइ भएको बताउनुभएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपाल पश्चिम नवलपरासी शाखाद्वारा संयुक्त रुपमा आज सुनवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “पार्टी एकीकरण प्रक्रिया सकिएलगत्तै नेकपा संस्थागत ढङ्गले सञ्चालन हुनेछ ।”
नेकपा प्रदेश नं ५ का अध्यक्षसमेत रहनुभएका नेतृ घर्तीले पार्टी एकतामा ढिलाइ हुँदा सरकारको काममा पनि प्रभाव परेको स्वीकार गर्दै पार्टीले अब संस्थागत निर्णय गर्दै सरकारको कामलाई प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो ।
-रासस