नगर विकास गर्न माग

admin

उर्लाबारी, ७ कात्तिक: मोरङ निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग बेलबारी नगरपालिकाका बासिन्दाले नगरको समग्र विकासमा चासो राख्न माग गरेका छन् । मन्त्री ढकाललाई आज बेलबारीको दुई स्थानमा भएका कार्यक्रममा स्थानीयवासीले भेटेर विकासका आयोजनामा सघाउन आग्रह गरेका हुन् ।

स्थानीयवासीले बाहुनीको पेट्रोलखानी उत्खनन, सिमसार क्षेत्र प्रवद्र्धन, चिसाङ खोला तटबन्ध, वृद्धभत्ताको रकमवृद्धि, बसोबासको समस्या समाधान, सडक तथा पुल निर्माणलगायतका माग राखेको नेकपाका युवा नेता रवीन थापाले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री ढकालले निर्वाचनमा आफूले गरेका प्रतिवद्धता पूरा गर्ने विश्वास दिलाउनुभयो ।
-रासस

प्रतिक्रिया