सात दिनदेखि निरिह ब्रत बसेर पुजा गर्दै आएका बाबाले देवि देखाउन नसकेपछि…

रिता घिसिंग

कात्तिक ८, इलाम : इलाम नगरपालिका ४ बरबोटेमा साक्षत देवी र नागको दर्शन गराउने भनेर सात दिनदेखि निरिह ब्रत बसेर पुजा गर्दै आएका बाबा झम्क बहादुर घिमिरेले देवि देखाउन नसकेपछि इलामबासी निराश भएका छन् ।

सात दिन अघिदेखि मलाई यहाँ देवी र नागले दर्शन दिनेछन् र कोजाग्रत पूर्णिमाको दिन सबैलाई दर्शन गराउने भनेका बाबाले दर्शन गराउन नसकेपछि आक्रोशित भिडबाट बचाउन ती बाबालाई प्रहरीले नियन्त्रणमा लिनु परेको थियो ।

सात दिन अघिदेखि इलामको बरबोटेमा माइली पथिभराको स्थापना र नागको दर्शन गराउने भन्दै पुजा आजा गर्दै गरेका घिमिरे मंंगलबार विहान माइपोखरी गएर माइपोखरीको जल लिएर नागको अभिषेक गराउने भन्दै माइपोखरी गएर आएका घिमिरेले दुई घण्टा लगाएर पुजा गरेका थिए ।

यता नाग हेर्नका लागि हजारौँ मानिस भेला भएका थिए तर नागको दर्शन गराउन नसकेपछि निराश बनेका भक्तजनहरुले जसरी भए पनि दर्शन गराउनु पर्छ भनेर अडान लिएपछि स्थिती तनावग्रस्त बनेको थियो । सुरक्षाकर्मी र स्थानीयको सहयोगले घिमिरेलाई सुरक्षा दिएर जिल्ला प्रहरी कार्यलय ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाबाले किन यस्तो हर्कत गरेको हो भन्ने कुराको अनुसन्धान भइरहको र उनले मलाई केही गरे जेपनि हुन सक्ने भनेर स्थानीयलाई त्रासमा परेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस अघि सामाजिक सञ्जाल र इलामका स्थानीय सञ्चारका माध्यमबाट देवी र नागको प्रतक्ष्य दर्शन गराउने र माइली पाथीभराको स्थापना गरिने भनेर समाचार आएपछि पनि मानिसको भिड लागेको अनुमान गरिएको छ ।

प्रतिक्रिया