कात्तिक ८, काठमाडौँ : नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सयले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य केही वर्ष यताकै महंगो हो। यसअघि २०६९ सालमा सुनको मूल्य ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसयता सुनको मूल्य यसरी बढेको थिएन्।
त्यस्तै आज तेजाबी सुनको मूल्य ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघले जनाएको छ।