बाजुरामा बौलाहा स्यालको आतङ्क, स्थानीयवासी आतङ्कित

admin

बाजुरा, ८ कात्तिक : बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् ।  बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले धपाउने प्रयासस गरेपनि स्यालको टोकाइबाट तीन पशु घाइते भएका थिए । स्यालले जयरुप गिरीको कुकुर, खेमराज गिरीको बाख्रो र रन्या गिरीको पाठोलाई टोकेको थियो ।

यता पशु सेवा केन्द्रमा रेबिजविरुद्धको खोपसमेत सकिएको र नयाँ आर्थिक वर्षका लागि खरीद नभएको पशु चिकित्सक भरत जोशीले जानकारी दिनुभयो । वडाध्यक्ष नृप खत्रीले इलाका प्रहरी चौकी कोल्टीमासो घटनाबारे जानकारी गराउनुका साथै मानिस तथा पशु चौपायालाई सुरक्षित हुन आग्रह गरिएको बताउनुभयो ।
-रासस

प्रतिक्रिया