मिठाइ पसलको अनुगमन: अखाद्य पदार्थ ‘हाइड्रो’ प्रयोग, २५ किलो मिठाइ नष्ट

admin

नेपालगञ्ज, ९ कात्तिक: संयुक्त बजार अनुगमन टोलीले आज यहाँको बागेश्वरी मन्दिर आसपास रहेका मिठाइ पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले यहाँका पाँच मिठाइ पसलको अनुगमन गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले म्याद नाघेका करीब २५ किलो मिठाइ नष्ट गरेको छ । टोलीले माया मिष्ठान भण्डार र न्यू माया स्वीट पसलबाट अखाद्य पदार्थ ‘हाइड्रो’ प्रयोग गरेको भेटाएको छ । हाइड्रो र सो प्रयोग गरिएको मिठाइ आजै नष्ट गरिएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया