काठमाडौं, ११ कार्तिक : युके निवासी गीतकार करिश्मा घामको शब्द र मिलन अमात्यको स्वर रहेको गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ । ‘मुटु’ एल्बममा समावेश रहेको ‘नेपालकी छोरी’ गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो ।भिडियोमा मोडल पेसला कटुवालको अभिनय देख्न सकिन्छ ।
राजेश थापा मगरको संगीत र सुमन क्षेत्रीको संगीत संयोजन रहेको गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।
मुकेश हुमागाईको छायाँकन, अमृत चापागाईको सम्पादन, माला मगरको कोरियोग्राफ रहेको भिडियो विन्ध्यावासिनी मुजिक प्रा.लिले बजारमा ल्याएको हो ।
हेर्नुहोस भिडियो :