महोत्सवबाट उठेको रकम सर्पदंश केन्द्रलाई

admin

कञ्चनपुर, ११ कात्तिक : बेलौरीमा जारी प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला प्रवेश शुल्कवापत सङ्कलित रकममध्ये केही सर्पदंश उपचार केन्द्र स्थापनाका लागि खर्च गरिने भएको छ । महोत्सव अवधिभर प्रतिटिकटमा रु एक केन्द्रका लागि छुट्याइएको छ । महोत्सवमा विद्यार्थीका लागि रु ३० र अन्यका लागि रु ५० प्रवेश शुल्क तोकिएको छ ।

बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा केन्द्र नहँुदा सर्पले डसेका अधिकांश व्यक्तिको ज्यान जाने गरेकाले सो रकम सङ्कलन गर्न लागिएको मेला प्रचारप्रसार समितिका संयोजक यज्ञप्रसाद कँडेलले बताउनुभयो । बेलौरी–खजुरिया भन्सार नाका स्तरोन्नति, दोंदा नदी कटान व्यवस्थापन, कलुवापुर–बेलौरी सडकखण्ड तथा डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडकखण्ड शीघ्र निर्माणका लागि सरकारलाई दवाव दिने र यस क्षेत्रको कला, संस्कृति, वेशभूषा तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गरी पर्यटन विकासमा टेवा पु¥याउने मेलाको उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । यही कात्तिक ८ देखि १८ गतेसम्म चल्ने मेलामा हालसम्म ५० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको र रु एक करोड बढीको कारोवार भएको बताइएको छ ।
-रासस

प्रतिक्रिया