बालबालिकाको मुद्दा सम्बोद्धन गर्न माग

admin

काठमाडौँ, १२ कात्तिक: अब बन्ने बालबालिकासम्बन्धी नियमावलीमा बालबालिकाका केही मुद्दा समेट्न माग गर्दै आज नागरिक सङ्गठन तथा सञ्जालले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरलाई ज्ञापनपत्र बुझाएका छन् ।

बालअधिकार समिति, मानवअधिकार सन्धि अनुगमन समन्वय केन्द्रका कृष्ण सुवेदीको संयोजकत्वमा गएको टोलीले बालबालिका ऐन २०७५ कार्यान्वयनका लागि बन्न लागेको नियमावलीमा बालबालिका सम्बन्धी मुद्दा समेट्न १० बुँदे सुझावपत्रसहित उहाँलाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापामगरले बालबालिकासम्बन्धी ऐनमा बालश्रम निषेध र नियमन गर्ने सम्बन्धमा हुन गएको त्रुटी सच्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले ऐनको प्रभावकारी कार्यान्वयनका लागि ल्याउन लागेको नियमावली पारित गर्नुपूर्व बालबालिकाका क्षेत्रसँग काम गर्ने सबै सरोकारवालासँग छलफल गर्ने समेत बताउनुभयो ।
-रासस

प्रतिक्रिया