डिआईजी दुर्घटना मृत्यु प्रकरण : चालकलाई हिरासतमा राखेर अनुसन्धान शुरु

admin

काभ्रे, कात्तिक १६ :   कार्तिक १० गते नेपाल प्रहरीका डिआईजी शुशिलकुमार भण्डारी सहित तीन जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाका चालकलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान शुरु गरेको छ । अदालतबाट प्रहरीले १० दिनको म्याद पाएको छ ।

अस्पतालमा उपचारार्थ चालक प्रदीप बोगटीलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीले बताए । ‘उहाँ पनि घाईते हुनु भएकाले प्रहरी निगरानीमै उपचारमा हुनुहुन्थ्यो, अस्पतालले डिस्चार्ज गरे लगत्तै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका हौ’–डिएस्पी गिरीले भने ।

दुर्घटनामा पत्रकार जीवन पराजुली र कांग्रेस मजदुर संगठनका नेता विनोद कार्कीको घटनास्थलमै निधन भएको थियो भने डिआईजी भण्डारीको उपचारका क्रममा निधन भएको थियो । यो. खबर आजको नेपाल समाचरात्रपमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू