अब नेपालमा पनि चाँडै नै कमेडी रियालिटी शाे अाउने भएकाे छ । हाँस्य सिरियलबाट मनाेरन्जन लिरहेका नेपाली दर्शकले अब रियालिटी शाेबाट पनि मनाेरन्जन लिन पाउने भएका छन् ।
चर्चित हाँस्य कलाकार जितु नेपालले नेपाल टेलिभिजनमार्फत कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ लिएर दर्शकमाझ आउने भएका छन् ।
यस रियालिटी शाे काे अध्यक्षमा दिपाश्री निरौला रहनेछिन् भने कलाकार राजाराम पौडेललाई पनि शोमा देख्न सकिनेछ । शाे काे २ भाग आइतबार छायांकन भइसकेकाे छ । जितुका अनुसार, १ बर्षसम्म नियमित रुपमा कार्यक्रम अगाडि बढाउने र त्यसपछि, दर्शकले मन पराउनुभयो भने कार्यक्रम कति अगाडि बढ्छ भन्ने तय हुने याेजना रहेकाे छ ।