‘दोषी पत्ता नलागे परिवारसहित धर्नामा बस्छु’: यज्ञराज पन्त

admin

कञ्चनपुर, १८ कात्तिक: बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता नलगाइए परिवारसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने बताएका छन् । निर्मलाको हत्या भएको १०२ दिनपछि आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उहाँले तिहारसम्म हत्यारा सार्वजनिक नगरे कात्तिक २५ गतेदेखि धर्नामा बस्ने बताएका छन् ।

वास्तविक हत्यारा पत्ता लगाई सरकारले न्याय दिनुपर्छ उहाँले भन्नुभयो, “धर्ना बसेर पनि न्याय नपाइए आमरण अनशन बस्छु ।” सबैको सहयोग यसअघि पनि पाएको उल्लेख गर्दै उहाँले अझै सहयोगको आशा रहेको बताउनुभयो ।

तत्काल वास्तविक दोषी पत्ता लगाउनुपर्ने उहाँको माग रहेको छ । विभिन्न अनुसन्धान टोली गठन गरी छानबिन शुरु गरिए पनि अहिलेसम्म वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । साथीलाई भेट्न गएकी निर्मलाको गत साउन १० उखुबारीमा शव फेला परेको थियो ।
-रासस

प्रतिक्रिया