रक्त क्यान्सरपीडित बालकलाई सहयोगको आग्रह

admin

लमजुङ, १९ कात्तिक: रक्त अर्बुद(क्यान्सर) रोगबाट पीडित लमजुङका बालकको उपचारका लागि सहयोगको आग्रह गरिएको छ । बेँसीशहर नगरपालिका–३ गाउँशहर थुम्काडाँडाका पाँच वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि बेँसीशहरमा पत्रकार सम्मेलन गरी सहयोगको आग्रह गरिएको हो । मजाकोटी गत वैशाखबाट रक्त क्यान्सरको बिरामी भई काठमाडौँको कान्ति बाल अस्पतालमा उपचाररत छन् । बिरामी बालकका ठूलोबाबा अजय मजाकोटीले उपचारमा ठूलो धनराशि खर्च हुने देखिएपछि औपचारिक रुपमै आफन्तजन र शुभेच्छुकसँग सहयोग जुटाउन थालिएको बताउनुभयो ।

“मध्यम खालको पारिवारिक आर्थिक अवस्था छ । हालसम्म उपचार गर्न रु १० लाख खर्च भइसक्यो ।” उहाँले भन्नुभयो, “सबैको साथ र सहयोगबाट छोराको उपचार गर्न सकिन्छ भन्ने विश्वासका साथ उपचारमा सहयोग गर्न आग्रह गरेका हौँ ।” पारिकारीक सहयोगमा मात्रै उपचार गर्न नसक्ने अवस्था रहेकाले सञ्चारमाध्यममार्पmत् सहयोगको आग्रह गर्नुपरेको उहाँले बताउनुभयो ।

उपचार खर्च जुटाउन स्थानीय जनज्योति युवा क्लबले आइतबार बेँसीशहर बजारमा घरदैलो कार्यक्रम गरेको छ । तिहारमा गाउँमा देउसीभैलो खेल्ने र भाइटीकाको भोलिपल्ट क्लबको सातौँ साधारणसभा एवं दशौँ सांस्कृतिक कार्यक्रममा जुटेको रकम पनि उनकै उपचारका लागि उपलब्ध गराइने क्लबका अध्यक्ष सञ्जय दुलालले जानकारी दिनुभयो ।

काठमाडौँमा कोठा भाडामा लिएर बिरामी छोराको उपचार गर्दै आउनुभएका आमा प्रमिला मजाकोटीले बताउनुभयो । श्रीमान् कतारमा काम गर्नुहुन्छ जेनतेन अहिलेसम्म उपचार खर्च धान्दै आएको उहाँले बताउनुभयोे । हिमालयन बैंक लिमिटेडमा रहेको प्रमिला मजाकोटी नामको ००२०७५८५७८००१८ नम्बरको खातामा सहयोग रकम जम्मा गराइदिन उहाँले सहयोगी मनमा आग्रह गर्नुभएको छ ।

बालकको उपचारको लागि गाउँशहरकै पूर्ण देउजाले मकाउबाट रु एक लाख आठ हजार, इञ्जिनीयर राजेन्द्रमान श्रेष्ठले काठमाडौँबाट रु ५३ हजार, मनबहादुर मजाकोटीले कतारबाट रु ५० हजार, राजन मजाकोटीले कुवेतबाट रु २० हजार र सङ्गीता बानियाँले क्यानडाबाट रु १० हजार गरी रु दुई लाख ४१ हजार सहयोग जुटिसकेको बताइएको छ ।
-रासस

प्रतिक्रिया