काभ्रे, कात्तिक २०: यम पञ्चक अर्थात हिन्दु नेपाली नेपालीहरुको दोस्रो ठुलो चाड तिहार मानिन्छ । तिहार विशेष गरि हिन्दु धर्मावलम्बिहरुले पांच दिन मनाउने गर्छन । यस मा काग, कुकुर, गाई, गोरु र भाई टिका बनाउने चलन छ । चार जात छत्तिस वर्णको साझा फुलवारीको रुपमा संगालिको नेपालमा म्ह पुजा नेवार समुदायमा यसै तिहारको समयमा मनाउने प्रचलन छ । तिहारमा पुजा आजा गरिने पांच प्रकारको पुजाको हिन्दु शाश्त्रमा रहेको किम्बदन्ति छुटै छ । समयको क्रम संगै हिन्दु अधिराज्यमा मनाईने तिहारलाई पछिल्लो चरणमा दिपावली, दिवाली तथा झिलिमिलि पर्वको रुपमा विकास भएको छ ।
यस पर्वमा विशेष गरी दिप प्रज्वलनको लागी परम्परागत रुपमा प्रयोग गरिने पाला लाई बिधुतिय सामग्रीले लगभग विस्थापनको अवस्थामा पु¥याएको छ । यस अवस्यामा पाला बनाउने समुदायको व्यसाय धरापत छदै छ । यसरी विस्थापनको क्रममा निरन्तरता पाउने हो भने नेपाली हरुले उपयोग गर्ने तिहारको झिलिमिm बत्ति सहित समयक्रममा बजारमा आउने बिधुतिय सामग्री मार्फत आर्थिक व्यभार बैदेशिक रुपमा भित्राईरहेको छौ । यसक्रममा देशको सम्बृद्धिको सपनामा प्रत्यक नागरीकले सरकारलाई औला ठडाउनुको तुक छैन । यस कारण पनि आर्थिक क्रान्ति र सम्बृद्ध नेपाल बनाउने हो भने नेपालीले आफ्नो पन विर्सनु हुन्न ।
तिहार मनाउने क्रममा पाचै दिन फुलको निरन्तर प्रयोग हुन्छ प्रत्यक घरको ढोका, झ्याल, देखि पुजा कोठा र पुजा गर्ने हर प्राणिको लागी फुलको प्रयोग हुन्छ । यस गणितको संयाको आधारमा हेर्ने हो भने नेपालमा तिहारमा मात्र ३ करोड नेपालीको लागी पांच करोड पुष्प मालाको खपत हुन्छ । यस हिसावमा आर्थिक रुपमा रुपान्तरण गर्नेहो भने पछिल्लो बजार मुल्य अनुसार १ मालाको ६० रुपैया राख्दा पनि ६ अरव रुपैयाको पुष्प मालाको प्रयोग हुन्छ ।
कसरी परिपुर्ति हुन्छ त ?
हिन्दु नेपालीहरुले प्रयोग गर्ने पुष्प माला विशेष गरेर आफ्नै खेतबारीमा रोप्ने र प्रयोग गर्ने प्रचलन रहेको छ । यस क्रममा ग्रामिण क्षेत्रमा जाने र हेर्ने हो भने प्रत्येक घरपरिवारमा ५० १०० बोट फुलको विरुवा मा फुल नफुलाउने कोहि पनि हुदैनन जस मार्फत स्थानिय रुपमा ग्रामिण भेगमा परिपुर्ति हुदै आएको छ । अझ ग्रामिण भेगमा कोहि कसैको एकाधमा फुल फुलेको छैन भने सहयोग गर्ने परम्पराको सस्कृति पनि निरन्तर चलिरहेको छ । यसकारण पनि ग्रामिण भेगमा प्रयोग भएको पुष्पको तथ्यांक पुष्प व्यवसायि संगठन फ्लोरिकल्चर एसोसियसन नेपाल संगै छैन र यस कार्यको लागी संगठन विस्तार भएको १५ वर्ष विति सक्दा पनि खासै संगठनले चासो दिएको छैन यस कार्यको लागी पनि चासो र तथ्यांक संकलन सहित आर्थिक तथ्यांक राख्ने हो भने ग्रामिण भेगका नेपालीले आर्थिक उपार्जन र संरक्षण गर्न पु¥याएको देनको मुल्यांकन रहन्छ ।
नेपालमा पुष्पको अवस्था
नेपालमा पुष्प बजारको अवस्था हेर्ने हो भने शहरी क्षेत्रमा आयातमनै निर्भर रहेको छ । नेपालको शहर, काठमाडौं, पोखरा, विराटनगर जस्ता शहर केन्द्रित गरी तयारी पुष्प माला भारत बाट आयात गरिन्छ । पुष्प व्यवसयि संगठनको यस बर्षको माग पत्रको आधारमा ६ लाख माला आयात गरिएको छ । यस तथ्यांक मार्फत आर्थिक लेखा जोखा हेर्ने हो ४ करोड बराबरको नगद निर्यात गर्न सफल भयौ भनेर फ्लोरिकल्चर एसोसिएसन नेपाल भन्दैन ताकि नेपालको लागी ६ लाख माला आयात गरियो भनेर तथ्यांक राख्ने परिपाटि विगत देखि हाल सम्म निरन्तर रहेको छ । यस कारण पुष्प व्यवसायि संगठनको सस्था तथा व्यवसायिक खेति गर्ने को लागी महत्वपुर्ण रुपमा ध्यान जानु पर्ने आवश्यक्ता रहेको छ ।
काभ्रेको अवस्था कस्तो छ ?
काभ्रेमा पछिल्लो समयमा व्यवसायिक पुष्प खेति गर्ने व्यवसयिको संख्इा बढिरहेको छ । यस क्रममा काभ्रेको रोशि गाउपालिका, बनेपा नगरपालिका, पनौति नगरपालिका, धुलिखेल नगरपालिका, पांचखाल नगरपालिका, र भुम्लु गाउपालिकामा व्यवसाियक पुष्प खेति गर्ने किसानहरु रहेको छन । यस काभ्रेमा व्यवसायिक खेति गर्ने व्यवसायिक किसानको उत्पादनले खासै बजार धानिर रहेको छैन । तर पनि काभ्रेको अधिकांश भुभाग ग्रामिण क्षेत्र भएको कारण धेरै जसो नागरीकले आफुलाई प्रयोग गर्नको लागी र केहि किसानले मौसमित तथा धार्मिक समयलाई लक्षित गरि गरिएको फुलको कारण काभ्रमा तिहारको लागी उपयोग गर्न आयात गर्नै पर्दैन । अझ काभ्रे मार्फत काठमाडौंको बजारमा तिहारको लागी २ लाख संख्यामा पुष्प माला निर्यात गर्न सफल छ । यस मार्फत पनि काभ्रेमा तिहारमा मौसमि तथा धार्मिक समय लक्षित गरि गरिएको खेतिमार्फत तिहारमा मात्र १ करोड नगद आम्दानि भईरहेको छ ।
फ्लोरिकल्चर यसोसिएसन नेपाल काभ्रे शाखाको दृष्टिकोण
काभ्रेमा तिहार लक्षित पुलको उपयोगता विषयमा काभ्रेको किसान मार्फत उत्पादन गरिएको रैथाने पुष्पको पनि व्यवस्थित रुपमा काठमाडौ. उपत्यका भित्र निर्यात गर्ने हो भने भारत बाट आयात गर्ने संख्या घटाउन सकिन्छ । तर यस कार्यको लागी किसान र फ्लोरिकल्चर यसोसिएसन नेपाल काभ्रे शाखाका विचनै समन्वय र सहकाय साथ काठमाडौंको बिक्रेतासंग बजारीकरण गर्ने हो भने काभ्रेको किसानको तिहार लक्षित आम्दानिमा मात्रैपनि बृद्धि गर्न सकिन्छ । जसमार्फत काठमाडौं उपत्यकाको मागमा सहजता र मुल्यमा पनि सरलिकृत हुदा नागरिकमा पर्ने व्यभार घटने देखिन्छ । काभ्रे को पुष्प निर्यातको लागी संगठनको भुमिका तथा सञ्चारको सकृय समन्वय र व्यवस्थित संकलन प्रणली गर्नेहो भने काभ्रेको पुष्प काठमाडौं उपत्यकामा निर्यात गरि आर्थिक उपार्जन गर्न कठिन हुदैन भन्नुुहुन्छ फ्लोरिकल्चर यसोसिएसन नेपाल काभ्रे शाखाका उपाध्यक्ष भेषबहादुर दनुवार
समस्या र चुनौति के हुन ?
काभ्रेमा उत्पादन भएको रैथाने जातको पुष्प नरम पत्र भएको हुन्छ । निर्यात गर्ने समयमा प्याकिं उपयुक्त रुपमा नगरिने हुदा फुलको पत्र खुम्चने समस्याको कारण पनि बजारी करणमा समस्या हुन्छ । साथै रैथाने जातको फु किसानले लगाउदा धार्मिक रुपमा पात्रो र विरुवा रोपणको तालमेल नमिल्दा समयमा नफुल्नेत तथा ढिलो फुल्ने हुदापनि पुष्पबजार साचे अनुरुप किसानले धेरै फाईदा लिन नसक्ने हुन्छन ।
समग्रक मौसमि खेति गर्ने किसान र संगठित सस्थाको विच पनि समन्वय नहुदा सहजरुपमा वाजरी करण गर्न नसकिरहेको अवस्था छ । यदि समन्वय सहकार्य गर्ने होभने पुष्प पसलबाटनै किसानले उत्पादन गरेको फुल बजारी करण गर्न सकन्छ । समग्रमा तिहारको लागी फुल उत्पादन र प्रयोगको लागी काभ्रे जिल्ला आत्मनिर्भर भने काठमाडौं निर्यात गर्न पनि सफल छ यस कार्यको लागी किसान, पुष्प व्यवसयि संगठन र स्थानिय सरकारविच सहकार्य र समन्वय गर्ने हो भने अझ प्रभावकारी रुपमा किसानको मनोवल बृद्धि गरी व्यवसयिक खृति तर्फ उन्मुख गर्न सकिन्छ ।