पत्रकार महासङ्घलाई कुर्ची सहयोग

admin

पोखरा, २७ कात्तिक: ‘एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस’ले नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई रु एक लाख २० हजार बराबरका कुर्ची सहयोग गरेको छ । पोखरा महानगरपालिका–७ माछापुच्छ्रे«स्थित महासङ्घको कार्यालय भवनमा आयोजित एक कार्यक्रममा एक्सपर्ट पोखराका निर्देशक रमेशकुमार थापाले पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई ६० थान कुर्ची हस्तान्तरण गर्नुभयो ।

एक्पर्टका निर्देशक थापाले सामाजिक उत्तरदायित्वअन्तर्गत महासङ्घलाई कुर्ची सहयोग गरेको बताउनुभयो । पोखरा उपत्यका नगर विकास समितिले उपलब्ध गराएको डेढ रोपनी जग्गामा नेपाल सरकार, स्थानीय तह, विभिन्न सङ्घसंस्था र व्यक्तिको आर्थिक सहयोगबाट महासङ्घले साढे दुई तलाको पक्की भवनसमेत निर्माण गरेको छ । उक्त भवनमा २०० र ५० सिट क्षमताका दुई सभाहल छन् । पत्रकार महासङ्घ कास्की शाखामा हाल ३२९ सदस्य आबद्ध छन् ।
-रासस

प्रतिक्रिया