भक्तपुरमा अनौठोको सार्वजनिक बस (भिडियो सहित)

admin

भक्तपुर, कात्तिक २७ : भक्तपुर—लगनखेल रुटमा दैनिक सयको हाराहारीमा सार्वजनिक बस गुड्छन् । कुनै बसमा थोरै यात्रु, त कुनैमा धेरै । त्यहि रुटमा चल्छ बा ४ ख २७२४ नम्बरको बस पनि । यो बस अन्य सार्वजनिक बस भन्दा बिल्कुलै फरक छ । यो रुटमा चल्ने प्राय सबै गाडीमा सहचालक छन् । यो बसमा चाँहि सहचालक छैनन् । अरु बसमा सहचालक घाँटीको घोक्रो सुक्ने गरी कराउँछन् । ढोका फुट्ला झै गरी ढकढक्याउछन् ।

तर उनको बसमा भने स्पीकर मात्रै बोल्छ । स्पीकरबाटै बस छुट्ने ठाउँ र पुग्ने गन्तब्य सुनाइन्छ । बस रोकिने हरेक स्टेशनमा स्पीकर बोल्छ ।विगत ४ महिना देखि चालक गंगाराम खाइजुले बिना सहचालक सार्वजजिक बस गुडाइरहेका छन् यो रुटमा । यात्रुले झर्ने ठाउँ कसरी थाहा पाउँछन् त ? यसको लागि पनि सजिलो उपाय अपनाएका चालक खाइजुले । उनको गाडीमा अरु के के सुविधा छ । यो भिडियो हेरौँ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू