भारतीय जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

admin

उर्लाबारी, २८ कात्तिक: मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर४६सी ७८७६ नं को भारतीय जीपले विपरीत दिशाबाट आउँदै गरेको को२०प ६७०२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।
-रासस

प्रतिक्रिया