जनजाति महासङ्घको अध्यक्षमा तामाङ

admin

काठमाडौँ, २८ कात्तिक : नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा तामाङ र महासचिवमा नन्दराज घले निर्वाचित हुनुभएको छ ।

बेल्जियमको लुभेनमा आज भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मुना राई र उपाध्यक्षमा यमुना रोका मगर, होमबहादुर गुरुङ, डिल्ली सुब्बा र सूर्यनारायण श्रेष्ठ तथा सचिवमा कान्छा शेर्पा चयन भएको नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष केजिन राईले जानकारी दिनुभयो ।

महासङ्घको सदस्यमा रामा लामा तामाङ, आङ दोर्जी सोनाम शेर्पा, भीम जोशी, सोमनाथ थारु थनेत, लोकराना मगर, विमल सुब्बा, जीवन तमु, विष्णुतारा शेरचनलगायत चयन भएको छ । अन्य सचिव र कोषाध्यक्ष पछि चयन गरिने अध्यक्ष राईले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया