नारायणस्थान मन्दिरको नगद तथा जिन्सी सामान पारदर्शी हुनुपर्ने

admin

काठमाडौँ, २९ कात्तिक: बूढानीलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले नारायणस्थान मन्दिरमा रहेको नगद तथा जिन्सी सामान पारदर्शी हुनुपर्ने माग गरेको छ । समितिले यहाँ आज पत्रकार सम्मेलन गरी मन्दिरमा जम्मा भएको नगद तथा जिन्सी सामानको खोजी गर्दा मन्दिरका मठाधीश स्वामी निगमानन्द महाराजले उल्टै आर्थिक अनियमितताको आरोप लगाएर समिति नै खारेज गर्न लागेको भन्दै त्यसबारे अनुसन्धान गर्न सरकारसँग माग गरेको हो ।

सम्मेलनमा समितिका अध्यक्ष शकुल शाह ठकुरीले मठाधीशसँग नगद तथा जिन्सी सामानका बारेमा सोधीखोजी गर्दा उल्टै आर्थिक चलखेलको आरोप लगाएर आफू पन्छिन खोजेको भन्दै नगद तथा जिन्सी सामान तत्काल सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

समितिका कोषाध्यक्ष रजनी पन्तले मन्दिरको नाममा हुने गरेका गलत कार्यको वकालत गर्दा हामीलाई उल्टै आर्थिक चलखेलको आरोप लगाउनु गल्ती लुकाउने प्रयास मात्रै भएको बताउनुभयो ।
-रासस

प्रतिक्रिया