विश्व अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण गर्नुपर्ने म्याक्रोँको भनाई

admin

बर्लिन, जर्मनी, २ मङ्सिर : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताउनुभएको छ । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बोल्नुहुँदै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भन्नुभयो, “यूरोपले आफ्नो जिम्मेवारीलाई पूरा गर्न थप मजबुत र स्वतन्त्र हुनुपर्छ ।”

“यूरोप र यसको पनि खासगरी फ्रान्स र जर्मनीले विश्वलाई अस्तव्यस्त हुनबाट बचाउनु पर्छ र शान्तिको बाटोमा विश्वलाई अघि बढाउनुपर्छ,” जर्मनीको संसदमा सम्बोधन गर्ने क्रममा भन्नुभयो । उहाँले थप्नुभयो, “त्यसैले यूरोप बलियो बन्नुपर्छ ।”
-रासस

प्रतिक्रिया