‘मिस वल्र्ड’मा चम्किदै नेपाली चेली श्रृंखला, भोटिङमा शिर्ष स्थानमा रहन सफल

मनिषा थापा

काठमाडौं  :  मिस वल्र्ड २०१८ मा नेपालकी श्रृंखला खतिवडा भोटिङमा शिर्ष स्थानमा रहन सफल भएकी छिन् ।

चीनमा भइरहेको यस प्रतियोगितामा उनले विश्वका विभिन्न एक सय २१ मुलुकबाट आएका प्रतिस्पर्धिहरुलाई हालसम्मको भोटिङमा पछि पारेकी हुन् ।

प्रतिस्पर्धाको नतिजा आगामी डिसेम्बर ८ तारिकमा हुने जनाइएको छ । श्रृंखला मिस नेपाल २०१८ की विजेता पनि हुन । प्रतिस्पर्धामा उपस्थित धेरैलाई उनले आफ्नो प्रभाव छोड्न सफल भएकी बताइएको छ ।

उनले आफ्नै प्रतिस्पर्धिहरुलाई नेपाली भाषामा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु गरेर धेरैको मन जितेकी छिन् । सबैलाई आफुप्रति आकर्षित गर्न सफल भएकी श्रृंखला नेपाली संस्कृति झल्कने विभिन्न प्रस्तुतिहरु दिइरहेकी छिन् । हालसम्मको नतिजालाई हेर्ने हो भने उनले विश्वका एक सय २० मुलुकका सुन्दरीहरुलाई पछि पार्दै भोटिङको पहिलो नम्बरमा रहन सफल भएकी छिन् ।

उनलाई नेपालीले मात्र नभइ अन्य विभिन्न देशका नागरिकहरुलेसमेत सपोर्ट गरेका छन् । सबैको सपोर्ट र श्रृंखला स्वयंको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वल्र्डको मुख्य दावेदार मानिएको छ । श्रृंखलालाई भोट गर्ने विधि यस्तो छ ।

१. मोब्स्टार नामक एप डाउनलोड गर्ने
२. कुनै पनि सामाजिक सन्जाल एकाउन्टबाट लगइन गर्ने
. अंग्रेजीमाश्रृंखला खतिवडा सर्च गर्ने
. निलो थोप्लो भएको प्रोफाइल (श्रृंखला) लार्इ फलो गर्ने ( आइओएसमा पहेलो थोप्लो)
५. प्रोफाइल भित्र गइ फोटो, भिडियोलार्इ देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने (औलाले सार्ने)
६. कमेन्ट गर्ने, कमेन्ट पनि भोटमा गणना हुन्छ ।  जतिसक्दो सेयर गर्ने

प्रतिक्रिया