काठमाडौँ, ५ मङ्सिर : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति ए्क होऔँ, वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्ङ्र्ष गरौँ भन्ने मूलनाराका साथ मङ्सिर ८ गते देखि साताव्यापी रुपमा नेकपा पुनःस्थापना दिवस मनाउने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका केन्द्रीय सदस्य एवं जनसभा प्रचारप्रसार उपसमितिका संयोजक मिलनले देशव्यापी प्रचारप्रसार र तयारीका कार्यक्रम अन्तिमचरणमा पुगेको बताउँदै उक्त दिन देशव्यापी पार्टी पुनःगठन दिवस विभिन्न कार्यक्रम गरी मनाइने जानकारी दिनुभयो।
कार्यक्रममा पत्रकारले राखेको जिज्ञासामा कम्युनिष्ट पार्टीबीच तीव्ररुपमा धु्रवीकरण भइरहेको र विचार मिल्ने सच्चा कम्युनिष्ट शक्तिसँग एकता हुनसक्ने संयोजक मिलनले बताउनुभयो । रासस