भारतको दिल्लीको बसन्तपुर इलाकामा एक युवकले अनलाइन गेम ”PUBG” खेल्न नपाएको रिसमा आफ्ना बाबु आमा र बहिनीको हत्या गरेका छन् । १९ वर्षिय युवकले एउटा गेमको लागि आफ्नो परिवारलाई समेत मार्न पछि सरेनन्।
”PUBG” गेम अहिलेको युवापुस्तामा निकै नै चर्चित छ। उक्त्त घटनाले धेरै मानिसहरुलाई दुखित तुल्याएको छ । भारतमा मात्र होइन नेपालमा पनि यो अनलाइन गेम धेरै युवाहरुको रोजाइमा यो गेम पर्ने गरेको छ ।
यो अनलाइन गेम बनाउने मानिसहरुले यो गेम यति चर्चित हुन्छ भनेर सोचेका पनि थिएनन् । यो गेमले धेरै मानिसहरुलाइ डिप्रेसनको शिकार बनाएको छ भने धेरै जोडीहरुको सम्वन्धविच्छेद पनि भैसकेको छ ।