बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्बजनिक (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : हलिउडमा समेत अभिनय गरेकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको उक्त फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको उक्त ट्रेलरमा आमा बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाइएको छ । ट्रेलरमा दिदी र दाइले भाइको सुरक्षाका लागि के–के सम्म गरेका छन् भन्ने कुरा देखाएको छ । नेपाली भाषामा तयार पारिएको सो फिल्ममा अंग्रेजी सबटाइटल पनि राखिएको छ ।

पाखी ए तराइवालाले निर्देशन गरेको उक्त फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ । पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्मको सह निर्माताको रुपमा चिल्ड्रेन फिल्म सोसाइटी इन्डिया रहेको छ ।

प्रतिक्रिया