ओखलढुङ्गा, ६ मङ्सिर : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम नजिकैको उच्चभागमा पर्ने लगलगे डाँडामा दृश्यावलोकन स्तम्भ बनाएको छ ।
निर्वाचित भएर कार्यभार सम्हालेको भोलिपल्टै नगरप्रमुख श्रेष्ठले शिल्यान्यास गर्नुभएको उक्त स्तम्भ १६ महीनामै निर्माण सम्पन्न भएको छ । रु २३ लाखको लागतमा करीब १० मिटर अग्लो स्तम्भ निर्माणको काम सकिएको नगरपालिकाका इञ्जिनीयर दिव्य श्रेष्ठले जानकारी दिनुभयो । “संरचना निर्माणको काम सकियो । आकर्षक बनाउन रङरोगन तथा अन्य व्यवस्थापनको काम भइरहेको छ ।” श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार समुद्र सतहबाट दुई हजार ३७० मिटरको उचाइमा उक्त स्तम्भ बनाइएको हो । रासस