डोटी, ६ मङ्सिर : डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।
६५ जना चढेको गाडी भिरबाट खस्दा ज्यान गुमाउनेहरुमध्ये अहिलेसम्म १० जनाको शव निकालिएको र ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा पिसजोन बोर्डिङ स्कुलको बस भिरबाट खसेको हो । अहिले जिल्ला प्रहरी कार्यलय डडेलधुरा र डोटीको टोली घटनास्थलमा पुगेको छ । डोटीको ३६ नं. गणको सशस्त्र प्रहरीको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको छ ।