कपाल कलर गर्नुभन्दा अगाडी र पछाडी ध्यान दिनुपर्ने कुराहरु

रिता घिसिंग

एजेन्सी : कलर गराएपछि मानिसको लुक्स नै परिवर्तन हुन्छ । तर कलर गर्नुअघि र पछि पनि हेरविचार गर्नु आवश्यक हुन्छ, जसबाट कलर लामो समयसम्म जस्ताको तस्तै रहिरहोस् । हेयर कलर लामो समयसम्म राखिराख्न यी कुरामा ध्यान दिनुहोस् ।

– कपाल स्याम्फुले राम्रोसँग धोएर मात्र कलर लगाउनुहोस् ।

– कलर गराएपछि कपालमा हेयर ग्लास लगाउनुपर्छ । यस्तो गर्नाले पनि कपालको रंग धेरै दिनसम्म रहिरहन्छ । कलरगरेको दश मिनेटका लागि हेयर ग्लास लगाउनुपर्छ ।

– कलर प्रोटेक्टिभ स्याम्पुको प्रयोग गर्नुपर्छ । यो स्याम्पु लगाउनाले कलर लामो समय रहन्छ । यस्तो कपालमा हार्ड स्याम्पु या एन्टी डेन्ड्रफ स्याम्पु प्रयोग गर्नुहुन्न ।

– स्याम्पु गरिसकेपछि कपालमा कन्डिसनर लगाउनुपर्छ । यसले कपाललाई साइनिङ गराइराख्छ । साथै, कपाललाई सूर्यको हानिकारक किरणबाट पनि बचाउनुपर्छ । यदि कपाल ड्राई र ड्यामेज छ भने हेयर सिरमको समेत प्रयोग गर्न सकिन्छ ।

– कपालमा मेहन्दी लगाएको छ भने पनि कलर लगाउनुहुन्न । मेहन्दीले कलरलाई राम्ररी बस्न दिँदैंन । यस्तोमा मेहन्दीको रंग गएपछि मात्र कलर लगाउनुपर्छ ।

– यदि घाउ छ भने कलर लगाउनुहुन्न । कुनै पनि रसायनले यस्तो समस्या अझ बढाउन सक्छ । यदि छाला बढी संवेदनशिल छ भने पहिले हेयर स्टाइलिससंग सल्लाह लिनुपर्छ । हेयर स्टाइलिसले कपालको टेक्सचरअनुसार सही कलर भनिदिन्छन ।

– कपाललाई जहिलेपनि डेमी पर्मानेन्ट हेयर कलरबाटै रंग्याउनुहोस् ।

– यदि नयाँ कलर ट्राई गरिरहनु भएको छ भने पहिले आफ्नो कुहिनोमा लगाएर हेर्नुपर्छ । १५–२० मिनेट लगाएपछि त्यसलाई धुनुहोस् । यसक्रममा चिलाउने या रियाक्सन हुन्छ भने तत्काल ब्रान्ड परिवर्तन गर्नुपर्छ ।

– स्वीमिङका लागि जानुपूर्व सावधानी अपनाउनुपर्छ । पानीमा पाइने क्लोरिनले कपालमा क्षति र्पुयाउँछ । त्यसैले स्वीमिङमा जानुअघि कपाललाई टाइट बाँध्नुपर्छ ।

– कपाललाई कहिल्यै पनि तातोपानीले धुनुहुन्न । यसले कपालको गुणस्तरमा असर पार्छ र कलर पनि जान्छ । त्यसैले कपाल जहिले पनि चिसो या हल्का तातो पानीले मात्र धुनुपर्छ ।

– सातामा एकपटक हेयर स्पा ट्रिटमेन्ट लिनुपर्छ । यसले कपाललाई स्वस्थ राख्न पनि मद्धत गर्छ र ड्राई हुनबाट पनि बचाउँछ । कपाल झर्न पनि दिँदैंन ।

– यदि कपाललाई कर्ली या स्ट्रेट गर्ने योजना बनाइरहनु भएको छ भने तीन साताअघि नै गराउनुहोस् । दुवै प्रक्रिया एकसाथ गर्नबाट बच्नुपर्छ । एकसाथ धेरै केमिकल्स प्रयोग गर्दा कपालमा बढी क्षति हुन सक्छ ।

प्रतिक्रिया