दार्चुला, ९ मङ्सिर: मालिकार्जुन गाउँपालिका– ३ तेर्छालेकमा गत शुक्रबार बिहान भएको मिनीबस दुर्घटनाका घाइतेलाई दार्चुलाका पाँच वटा स्थानीय तहले उपचारका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा आज एक कार्यक्रमकाबीच दार्चुलाका महाँकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्यास गाउँपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । बस दुर्घटनामा परी घाइते भएर उपचारमा रहेका छ जना घाइतेका लागि प्रति स्थानीय तह रु एक÷एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् । मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धाँमीले बस दुर्घटनामा परी गम्भीर घाइते भएकाको उपचारमा स्थानीय सरकारकोतर्फबाट सहयोग गर्ने घोषणा गरिएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले हेलिकप्टरमार्फत बिरामीको उद्धार ग¥यो, हामी पनि स्थानीय सरकारकोतर्फबाट घाइतेको उपचारमा सहयोग पु¥याउन चाहन्छौँ भन्नुभयो । । गत शुक्रबार मालिकार्जुन जात्राबाट फर्किनेक्रममा पवनदूत यातायातको म१ख ४३६ नंको बस दुर्घटना हुँदा दुईको मृत्यु भएको थियो भने छ जना गम्भीर घाइते भएका थिए ।
घाइतेहुनेमा लेकम गाउँपालिका– ४ का २८ वर्षीया लक्ष्मी कुवँर, २५ वर्षीया लक्ष्मी कुँवर, सोही गाउँपालिका– ५ का २५ वर्षीय दौलतसिंह कुँवर, मालिकार्जुन गाउँपलिका– ८ का १५ वर्षीय भूपेन्द्र धाँमी, २८ वर्षीय रमेश धाँमी र ३० वर्षीय धीरेन्द्र धाँमी छन् । घाइतेमध्ये धीरेन्द्र र दौलतको काठमाडाँैमा उपचार भइरहेको छ भने बाँकीको नेपालगञ्जमै उपचार भइरहेको छ । बस दुर्घटनामा भारत उत्तराखण्ड पिथौरागढ अस्कोटका अनिल पाल र उनकी श्रीमती मञ्जु पालको मृत्यु भएको छ ।
-रासस