पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा बालिकाको मृत्यु

admin

सुर्खेत, ९ मङ्सिर: कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ । तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको गए राति मृत्यु भएको हो ।

गएको आइतबार रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिनुभएको थियो । श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा राजीव शाहले जानकारी दिनुभयो । “भिडियो एक्स–रे गरेर हेर्दा जुम्ल्याहा बालिका दुवैको मुटु जोडिएको थियो”, उहाँले भन्नुभयो, “मुटु जोडिएकाको शल्यक्रिया गर्न सकिदैन ।” ललिताको ज्यान जोगाउन चिकित्सक सफल भएका थिए ।
-रासस

प्रतिक्रिया