पोखरामा खानेपानी शुद्धीकरण गरिने

admin

चिप्लेढुङ्गा, १२ मङ्सिर : पोखरा महानगरपालिकाले फिनल्याण्ड सरकारको सहयोगमा खानेपानी शुद्धीकरण गर्ने भएको छ । महानगरका ३३ वटै वडामा शुद्ध पिउने पानी वितरण गर्नका लागि महानगरसँगको साझेदारीमा फिनल्याण्डले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

फिनल्याण्डले ट्याप टु माउथ ९धाराबाट सिधै पिउन मिल्ने पानी० भन्ने कार्यक्रम ल्याउन लागेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँले फिनल्याण्ड सरकारले नै खटाएको कन्सल्ट्याण्ट रहने सो कार्यक्रममा रु ७३ करोड खर्च लाग्ने बताउनुभयो ।

उहाँका अनुसार यसमध्ये केही रकम अनुदानमा प्राप्त गर्नेछ भने केही चाहिँ सहुलियतपूर्ण ऋणमा लगानी हुनेछ । एकीकृत खानेपानी व्यवस्थापनका लागि कन्सल्ट्याण्ट ¥याम्बोलले अध्ययन गरिरहेको छ । सो परियोजना पोखरा महानगर कार्यपालिका बैठकबाट पास भइसकेको र सम्झौतापत्र दिइएको प्रवक्ता नेपालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय सरकारसँग सम्झौता भएलगत्तै यो कार्यक्रम शुरु हुन्छ ।”

सफल एक्स्पोको तयारी पुरा
पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५’ को तयारी पूरा भएको पोखरा उद्योग वाणिज्य सङ्घले मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

सङ्घका अध्यक्ष दामु अधिकारीले प्रदर्शनी केन्द्रमा रहने करीब ३०० वटा कक्षको बुकिङ भइसकेको बताउनुभयो । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउन एक्स्पो समर्पित रहेको आयोजकले जनाएको छ ।
-रासस

प्रतिक्रिया