धादिङ, १३ मङ्सिर: बेनिघाटरोराङ गाउँपालिका– ५ चरौँदीमा मङ्सिर १४ देखि २१ गतेसम्म ‘धादिङ महोत्सव’ हुने भएको छ ।
उक्त महोत्सवमा चेपाङ सांस्कृतिक झाँकी, त्रिशूली नदीमा जलयात्रा, विशेष प्रदर्शनीलगायत कार्यक्रम गरिनेछ । महोत्सवमा १५० कक्ष रहने धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बोधनाथ दुवाडीले जानकारी दिनुभयो ।
-रासस