ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

admin

दमौली, १६ मङ्सिर : तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको ना६त ६८६० नंको ट्याक्टर सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
-रासस

प्रतिक्रिया