कानून निर्माणले गति लिनेछ: उपाध्यक्ष दाहाल

admin

पोखरा, १६ मङ्सिर : राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संविधानले व्यवस्था गरेअनुसार कानून निर्माणले गति लिने बताउनुभएको छ । यहाँ आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उहाँले पुस महीनाको पहिलो हप्तादेखि चल्ने सदनले आवश्यक कानून निर्माणलाई तीव्रता दिने बताउनुभयो । संविधानले व्यवस्था गरेको समयभित्र कानून बनाइसक्नुपर्ने उल्लेख गर्दै उपाध्यक्ष दाहालले त्यहीअनुरुप संसद् अघि बढ्ने उल्लेख गर्नुभयो ।

सङ्घीय संसद्बाट १०० भन्दाबढी कानून निर्माण गर्नुपर्नेमा हालसम्म २२ कानून बनेको उल्लेख गर्दै उहाँले बन्नुपर्ने अन्य कानूनका मस्यौदा विषयगत समितिमा अहिले पनि दैनिक जस्तै छलफल भइरहेको जानकारी दिनुभयो । निर्मला हत्या प्रकरणका दोषीलाई सरकारले ढिलै भए पनि कानूनी दायरामा ल्याउने बताउँदै उहाँले घटनामा प्रमाण नष्ट गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले लैङ्गीक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रत्येक घरसम्म पु¥याएर जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रतिक्रिया