असी वर्षमा नागरिकता

admin

रुकुम पूर्व, १६ मङ्सिर: भुमे गाउँपालिका– ६ महतका प्रवासी बुढाले ८० वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ति शिविरमा बुढालाई नागरिकता वितरण गरिएको हो । “असी वर्षमा गाउँमै नागरिकता पाउँदा निकै खुशी लागेको छ”, उहाँले भन्नुभयो । नागरिकता नभएकै कारण उहाँ वृद्धभत्ताबाट समेत बञ्चित हुनुभएको छ ।

यसअघि शिविरमार्फत भुमे गाउँपालिका– १ लुकुमका फुर्कु गुरुङले ८४ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको थियो । सार्वजनिक बिदाको दिन जिल्ला प्रशासनले ग्रामीण भेगमा घुम्ति शिविर सञ्चालन गर्दै आएको छ । भुमे गाउँपालिका– १ लुकुम, २ खाबाङ, ६ महत र ७ धर्मशाला गुनाममा शिविरमार्फत हालसम्म १५३ जनालाई नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।
-रासस

प्रतिक्रिया