काठमाडौ, १६ मंसिर : काठमाडौंका सक्रिय आठ ओटा नाट्य संस्था मिलेर ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब–२०७५’ आयोजना गर्ने भएका छन् । शुक्रबार राजधानीको अनामनगर स्थित मण्डला थिएटरमा आयोजित पत्रकार भेटघाटमा महोत्सबको बारे जानकारी गराईयो । महोत्सब आगामी १३ फागुन देखि २० फागुनसम्म आयोजना गरिने आयोजक टिमका घिमिरे युबराजले जानकारी गराए । उनका अनुसार महोत्सबको उद्घाटन समारोहमा मुलुकका १० जना अग्रज नाट्यकर्मीलाई जनही १० हजार रुपैयाँ सहित नाट्य योगदान सम्मानबाट सम्मानित पनि गरिने छ ।
महोत्सबको मुख्य आयोजक समुहमा नाट्यकर्मी अनुप बराल, कवि गीतकार बिप्लव प्रतिक, नाट्यकर्मीहरु बिमल सुवेदी, चित्रकार अस्मिता रञ्जित र जीआईजेडबाट माईकल थोनहाउजर छन् ।आठ ओटा नाट्य संस्थाबाट नाटक आयोजकमा राजकुमार पुडासैनी, राज शाह, केदार श्रेष्ठ, पवित्रा खड्का, आकाँक्षा कार्की, बिजय बराललगायत छन् । महोत्सबमा नाटक सहभागिताको लागि यही १५ मँसिरबाट आगामी १६ पुषसम्म नाटकको आलेख र अभ्यासको भिडियो पठाईसक्नु पर्ने आयोजक पक्षले जनाएको छ ।
महोत्सब संयोजक सोमनाथ खनालका अनुसार ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब–२०७५’मा नेपालका करिब २० ओटा र बिदेशका करिब १० गरी ३० ओटासम्म नाटक मञ्चन गरिनेछ । नाटक अभ्यास र तयारीका लागि एकल कलाकार भएको नाटकलाई ५० हजार रुपैयाँ र बहुलकलाकार भएको नाटकलाई एक लाख रुपैयाँ प्रदान गरिने छ ।महोत्सब निर्देशक राजन खतिवडाले नीजि नाट्य संस्थाबाट पनि अन्तराष्ट्रिय स्तारको महोत्सब गर्न सकिन्छ भन्ने उदेश्यले आफुहरु आठ नाट्य संस्था मिलेर महोत्सब गर्न लागेको बताएका छन् ।
खतिवडाका अनुसार यो महोत्सब काठमाडौंको अनामनगर स्थित मण्डला थिएटर, बत्तिसपुतली स्थित गोठाले नाटकघर (शिल्पी थिएटर), कालिकास्थान स्थित सर्वनाम थिएटर, टेकु स्थित कौशी थिएटर र कर्तिपुर स्थित थिएटर मलमा हुनेछ । यी पाँच नाट्य संस्था सहित कथा घर, एक्टर्स स्टुडियो र वान वल्र्ड थिएटरले सँयुक्त रुपमा महोत्सब आयोजना गर्न लागेको हो ।महोत्सब निर्देशक राजन खतिवडाको अनुसार करिब दुई करोडको बजेटमा यो महोत्सब सम्पन्न हुँदैछ । जस मध्य एक करोडबारबर आयोजक संस्थाले स्थल र श्रमदान गर्नेछ ।
बाँकी एक करोडको सहयोग जीआईजेडको नागरिक शान्ति कार्यक्रम सहित विभिन्न सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रबाट सहयोग लिइने पनि खतिवडाले जानकारी गराए ।महोत्सबबारे आयोजित पत्रकार भेटघाटमा बोल्दै अग्रज नाट्यकर्मी अनुप बरालले यो महोत्सबले नेपाली र अन्तराष्ट्रिय नाटकलाई जोड्ने छ भने । यसले सक्रिय नेपाली नाट्यकर्मीलाई अझ सक्रिय तुल्याउने पनि उनले बताए ।