लुटपाटको अभियोगमा दुई पक्राउ

admin

काठमाडौँ, १७ मङ्सिर: काठमाडौँको कोटेश्वरस्थित सिटी टावरबाट पैसा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ शङ्खमूलका रामकृष्ण थापालाई बेहोस बनाउने औषधि खुवाई उनको साथमा रहेको रु दुई लाख ५० हजार लुटेको आरोपमा उनीहरुलाई आज प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खोटाङ घर भई साँखु बस्ने सन्तोष खत्री र काठमाडौँ कोटेश्वर बस्ने बाग्लुङका २६ वर्षीय पुरुषोतम सुनार रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन ढोकाबाट भन्सार छली ल्याएको ४१७ ग्राम सुनको बाला र दुई थान सुनको सिक्रीसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गएराति पक्राउ परेका भारतीय नागरिक राजेश गोविन्दाको विषयमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रतिक्रिया