ह्वातै बढ्यो सुनको भाउ

मनिषा थापा

काठमाडौं, १८ मंसिर  : आज एकैदिन सुनको भाउ तोलामा ९ सय रुपैंयाले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ५७ हजार ४ सय रुपैंयामा किनबेच भएको थियो ।

आज तेजावी सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैंयाले बढेर प्रतितोला ७१० रुपैंयामा किनबेच भइरहेको छ ।

प्रतिक्रिया