उकालो लाग्दै सुनको मूल्य

मनिषा थापा

आज साताको चौथो दिन बुधवार सुनको मूल्य एक सय रुपियाँले बढेको छ ।

मंगलवार प्रतितोला ५८ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको सुनको मूल्य आज प्रतितोला ५८ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ७० रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपियाँ बढेर सात सय १५ रुपियाँमा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपियाँ कायम गरेको छ ।

प्रतिक्रिया