चार उपसमिति गठन

admin

काठमाडौँ, १९ मङ्सिर : प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले कार्य जिम्मेवारीलाई सहज तुल्याउन चार वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

समितिको आजको बैठकले आफ्नो कार्यक्षेत्रभित्र परेको मन्त्रालयसँग सम्बन्धित विषयका समस्या र समाधानका लागि चाल्नुपर्ने कदमसहितको अध्ययन प्रतिवेदन दिन ती समिति बनाउने निर्णय गरेको हो । बैठकले उद्योग वाणिज्य तथा आपूर्ति, उपभोक्ता हित, सार्वजनिक संस्थान र श्रम तथा रोजगार उपसमिति गठन गरेको सांसद वृन्दा पाण्डेले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया