हुम्ला, १९ मङ्सिर: सिमकोट गाउँपालिकाका ५ र ६ नम्बर वडामा फैलिएको रेविज रोगबाट ११ चौपायाको मृत्यु भएको छ । दुई सातादेखि फैलिएको उक्त रोगबाट हिजो र आज गरी आठ गधा र तीन चौरीगाईको मृत्यु भएको हो ।
यहाँस्थित पशुसेवा केन्द्रका सहयोगी जसपाउ राउतले जिल्लामा रेविजको औषधी अभाव रहेकाले दिनप्रतिदिन सो रोग फैलिरहेको बताउनुभयो ।
-रासस