काभ्रे , २१ मङ्सिर: सरकार र सुसासनको विकास तव हुन्छ जव नागरिक वस्ती बस्ती र टोल टोलमा सुसुचित त सक्रिय हुन्छन । सुसुचित नागरिक बन्ने अभ्यास निरन्तर जारी रहेको छ पनौति नगरपालिकामा । यसैक्रममा पना्रति नगरपालिकामा स्थानिय सभा प्रत्येक वडा वडामा गठन गर्ने निर्णय नगर कार्यपालिकाबाट नै गरीएको छ ।
यसै कार्यको लागी स्थानिय पहल परियोजना मा विगत एक वर्ष देखि काम गरिरहेको सामुदायिक सारथिको सहकार्यमा हुने क्रम जारी छ । परियोजनाको लागी वडा नं. १ मा विगत १ वर्ष देखि स्थानिय सभा गठन भएको थियो र निरन्तर प्रत्येक त्रैमासिक रुपमा बैठक बसि कृषि शिक्षा स्वास्थ र प्रकोप विपद व्यवस्थापन का साथै समय सामयिक रुपमा उठने र रहने सवालमा छलफल हुने गरेको छ । यस प्रकारको अभ्यास पनौति नगरपालिका वडा नं. ८ मा पनौति नगरपालिका कै स्थानिय श्रोत साधन र सकृयतामा स्थानिय सभा गठन भएको छ ।
स्थानिय सभा गठन आवश्यक्ता महत्वका साथै उपयोग गरी स्थानिय सरकारलाई सहज र सरल रुपमा कार्य सम्पादन तथा रचनात्मक सल्लाह सुझावको लागी वडा नं. ८ का वडा अध्यक्ष केशव वञ्जराको अध्यक्षतामा गठन कार्य सम्पन्न भएको छ । यस स्थानिय सभा मार्फत वडाको बस्ति टोल तथा समुदाय स्तरमा सुसासन तथा पारदर्शिताको अभ्यास गत वर्षको जनता संग आमने सामन्ने कार्यक्रमको स्मरण गर्दै आगामी दिनमा पनि जनताको कामको लागी आएको जनप्रतिनिधि मार्फत जनप्रति प्रति उत्तर दायि रहनको लागी सदैव रहने र निरन्तर समुदाय बस्ति तथा स्थानिय सरकारको महशुस रहने गरी कार्य गर्ने प्रतिबद्ध रहेको धारणा पनि स्थानिय सभाको संरक्षक रहका वडा अध्यक्ष केशव बञ्जराले आफ्नो धारणा प्रस्तुत गर्नु भयो । कहि कतै कमि कमजोरी भएको खण्डमा औलाई सदैव सम्झाउनको लागी पनि आग्रह गर्नु भयो ।
सामजिक रुपान्तरण र स्थानिय समुदायको सहभागिता र आवश्यक्ताको विषयमा रेडियो कार्यक्रम साझा बोलि कार्यक्रम सुनिरहदा यस्तो प्रकारको कार्यक्रम पनि आफ्नो गाउ ठाउ र समुदायमा गर्न सकेको खण्डमा सुसुचित समाज र स्थानिय सरकारको महसुस गर्न सकिने अपेक्षा सामुदायिक सारथिको स्थानिय सभा गठन र निरन्तर समन्वय मार्फत आगमी दिनमा समुदायमा सचेतना कार्यक्रम गर्न यस सहभागिता बाट पाउदा समग्र स्थानिय सरकारलाई जवाफदेहि बनाउन सकिने र सम्मभ भए सम्म रेडीयो श्रोता समुह पनि वडा नं. ८ मा गठन गर्न सकेमा अझ प्रभावकारी हुने र आफ्नो बस्ति क्षेत्र र स्थानबाट सहयोग पु¥याउने जानकारी गराउदै अगाडी बढने धारण स्थानिय सभा गठनको क्रममा सहसंयोजजको रुपमा उपस्थित बाट जिम्मेवारी पाउनु भएको सरिता मगराति ले बताउनु भयो । आगामी दिनको कार्ययोजना यस वडाको स्वास्थ कार्यालयमार्फत कसरी, के के कहा वाट र कस्ता प्रकारका सेवा लिन सकिने विषयमा विषयगत कार्यालयबाट जानकारी लिने कार्ययोजना बढाई अगाडी बढिएको पनि जानकारी गराउनु भयो ।
स्थानिय सभा गठनको क्रममा उपस्थित वडाको विभिन्न क्षेत्र, समुदाय, सस्था र विगतमा नागरिक वडा मञ्च, नागरिक सचेतना केन्द्रमा आवद्ध बाट स्थानिय सभाको संयोजकको रुपमा कृष्ण बहादुर श्रेष्ठले समुदाय मा विकास विस्तार र जवाफदेहि बनाउनको लागी आफै सकृय हुनु पर्नेमा सामुदायिक सारथिले साथ र सहयोग गरी समन्वयको भूमिका निर्वाह गरेकोमा विगतमा बस्ने गरैको सामुदायिक भेलाको निरन्तरताको अभ्यास रहने र सुसुचित समाज निमार्णको लागी नितिगत व्यवस्था तथा सहयोगमा जनचेतनामुलक कार्यक्रम गर्ने गरी सामुदायिक सारथिले समन्वय गरेकोमा खुशि व्यत्त गर्नु भयो ।
यस कार्यमा वडा नं. ८ को नागरीकको र गठन भएको स्थानिय सभा निरन्तर रुपमा अगाडी बढने र स्थानिय सरकारलाई पारदर्शि र जवाफदेहि बनाउन नितिगत व्यवस्था अनुसार लग्ने प्रतिबद्धता गर्नु भयो । स्थानिय सभा गठन कार्यको काम कर्तव्य अधिकार र काम गर्ने विाय बस्तु र समग्र परियोजनाको विषयमा जनकारी गराउदै आगामी दिनमा सहकार्य र समन्वय नगरकार्यपालिका तथा वडा संग गरी कार्य गर्न निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता सामुदायिक सारथिका जिल्ला संयोजक भेष राज दनुवारले बताउनु भयो ।